काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ३४ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा पाँच अर्ब ४० करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रिइन्स्योरेन्स कम्पनीेको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा मिथिला लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सकारात्मक सर्र्किट लेभलमा पुगेको हो । आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.२१ प्रतिशतले घटेको छ ।
Advertisment