काठमाडौं : आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन । कम्पनीहरुले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएका हुन् ।
आरती पावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड रुपैयाँ बराबरको ३६ लाख कित्ता आईपीओ जारी गर्न बोर्डको अनुमति मागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
त्यस्तै, मेवा डेभलपर्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल एक अर्ब १२ करोड रुपैयाँ बराबर एक करोड १२ लाख कित्ता जारी गर्न अनुमति मागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
Advertisment