सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लााख ७६ हजार पुग्यो 

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लााख ७६ हजार पुग्यो 

काठमाडौं : नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चैत ५ गते मंगलबार प्रतितोला एक हजार १०० रुपैयाँले बढेर एक लाख ७५ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार