नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात चैत ७ गते बुकक्लोज गर्दैछ।

जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भागल लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले चैत १९ गते, मंगलबार ७६ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गगरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

थप समाचार