काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि छनोटमा परको पाँच उम्मेदवारले आज कार्यपत्र प्रस्तुत गरेका छन् ।
अर्थमन्त्रालयका अनुसार सीईओ पदका लागि संक्षिप्त सूचीमा परेका पाँच जनाले अर्थमन्त्रालयमा व्यवसायिक कार्ययोजना प्रस्तुत गरेका हुन् । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले चुडामणी चापागाई, नारद कुमार लईंटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याललाई सर्ट लिष्टिङ्ग गरेको हो ।
उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभवको आधारमा छोटो सूचिमा परेका उम्मेदवारहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि आज (चैत ६ गते) अर्थमन्त्रालयमा बोलाइएको थियो
व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस हुनेछ ।
सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले फागनु १२ गतेदेखि फागुन २५ गतेसम्म आवेदन आह्वान गरेको थियो । सीईओ बन्न १० जनाले आवेदन दिएका थिए ।
Advertisment