Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ७.६६ अंकले घटेर २६९७.०४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ५४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब १४ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ३४ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीेको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा मिथिला लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सकारात्मक सर्र्किट लेभलमा पुगेको हो । आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.२० प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार