सुनको मूल्य ऐतिहासिक बिन्दुमा स्थिर, चाँदी घट्यो 

सुनको मूल्य ऐतिहासिक बिन्दुमा स्थिर, चाँदी घट्यो 

काठमाडौं : नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य स्थिर रहेको छ । चैत ६ गते बुधबार प्रतितोला आठ सय रुपैयाँले बढेर ऐहिहासिक बिन्दुमा पुगेको सुनको मूल्य आज स्थिर रहेको हो । आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार