काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १४.८८ अंकले घटेर २६८२.१५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ५६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा पाँच अर्ब १४ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनीेको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा दोल्ती पावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ७.५३ प्रतिशतले बढेको हो । आज मिथिला लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्६ कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment