नेप्सेमा थपियो लक्ष्मी सनराइज बैंकसहित तीन कम्पनीको पौने दुई करोड कित्ता बोनस शेयर 

नेप्सेमा थपियो लक्ष्मी सनराइज बैंकसहित तीन कम्पनीको पौने दुई करोड कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा पौने दुई करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले लक्ष्मी सनराइज बैंकसहित तीन कम्पनीको एक करोड ७४ लाख ५४ हजार ५४ दशमलव १५२ कित्ता बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनसपछिको एक करोड १५ लाख ९३ हजार ५७७ दशमलव २५ कित्ता र विन्ध्यावासिनी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीको ७.६० प्रतिशत बोनसपछिको ७ लाख ९८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

त्यस्तै साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १३.३० प्रतिशत बोनसपछिको ५० लाख ६२ हजार ४७७ दशलमव १५२ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

थप समाचार