स्वाभिमान लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

स्वाभिमान लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

काठमाडौं : स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । चैत ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

थप समाचार