काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ ।
महासंघका छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।