काठमाडौं : नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान एवम् आन्तरिक र बाह्य बजारमा यसको सम्भावना र चुनौती विषयमा गरिएको विशेष अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
उक्त प्रतिवेदन हनुसार प्रदेशमा कुल ८४ अर्थोडक्स चिया उद्योग र ४२ अर्थोडक्स चिया खेती गर्ने किसानहरु रहेका छन् । प्रतिवेदन अनुसार प्रदेशमा २१ अर्गानिक सर्टिफाइड र ७९ अर्गानिक अनसर्टिफाइड गरी कुल १०० अर्थाेडक्स चिया प्रशोधन उद्योगहरू सञ्चालनमा रहेका छन् ।
आव २०७९/८० मा ७८ लाख ३८ हजार ९४६ केजी प्रशोधित अर्थोडक्स चिया उत्पादन भएको छ जसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको हिस्सा क्रमशः ११.९ र ८८.१ प्रतिशत रहेको देखिएको छ ।
अध्ययनमा सहभागी ८४ अर्थोडक्स चिया उद्योगहरूमा कुल लगानी रु.३ अर्ब ६८ करोड ७४ लाख रहेको छ जसमध्ये ३६.४ प्रतिशत हिस्सा ऋणको रहेको छ भने ६३.६ प्रतिशत हिस्सा स्वपुँजी रहेको छ । २ वटा उद्योगमा मात्रै वैदेशिक लगानी रहेको छ ।
अर्थोडक्स चिया उद्योगहरूले व्यक्तिगत किसान, किसान समूह, सहकारीबाट खरिद गर्ने तथा आफ्नै बगानबाट उत्पादन गर्ने हरियोपत्ताको प्रति केजी औसत खरिद/लागत मूल्य ५४.९३ रहेको छ । यसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगहरूको प्रति केजी औसत खरिद/लागत मूल्य क्रमशः ८७ रुपैयाँ र ४९.३५ रुपैयाँ रहेको छ ।
प्रशोधित अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको प्रति केजी आन्तरिक बजार मूल्य रु.९४१.६० र अन्तर्राष्ट्रिय बजार मूल्य रु.८०१.५१ रहेको छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको मूल्य क्रमशः रु.४३३.७१ र रु.४०८.३१ मात्र रहेको पाइएको छ । औसतमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको प्रति केजी बिक्री मूल्य क्रमशः रु.८२३.१४ र रु.४११.१२ रहेको छ ।
अर्थोडक्स चिया उद्योगबाट उत्पादित अर्थोडक्स चियामध्ये ८८.६ प्रतिशत भारत तथा तेस्रो मुलुकमा निर्यात हुने गरेको छ भने ११.४ प्रतिशत आन्तरिक बजारमा बिक्री हुने गरेको छ ।
अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात २१.६३ प्रतिशत रहेको छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात न्यून मात्रामा रहेको छ ।
प्रशोधित अर्थोडक्स चियाको बिक्री आय रु.२ अर्ब ५७ करोड ५५ लाख २१ हजार ९१३ रुपैयाँ रहेको छ जसमा निर्यातको हिस्सा ८६.७२ प्रतिशत छ ।
यसले उद्योगको अधिकांश आय अन्तर्राष्ट्रिय बजारबाट प्राप्त हुने र उद्योगको आर्थिक सफलता निर्यातमा निर्भर रहेको देखिन्छ । आर्थिक वर्ष २०७९÷८० मा कोशी प्रदेशमा सञ्चालित अर्थोडक्स चिया उद्योगहरूको औसत क्षमता उपयोग ५६.२१ प्रतिशत रहेको छ ।
उद्योगहरू कम क्षमतामा सञ्चालन हुनुको प्रमुख कारणहरूमा कच्चा पदार्थको अभाव, विद्युत आपूर्तिमा अनियमितता, प्राविधिक र दक्ष जनशक्तिको अभाव, मागमा कमी आदि रहेका छन्
अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगमा लगानीको प्रतिफल दर क्रमशः १३.५ र १०.८० प्रतिशत रहेको छ, जसले सर्टिफाइड उद्योगले उच्च प्रतिफल दिने देखाउँदछ ।
लाभ लागत अनुपात अर्गानिक सर्टिफाइड उद्योगमा १.२२ः१ र अर्गानिक अनसर्टिफाइडमा १.१८ः१ रहेको छ, जसले अर्गानिक सर्टिफाइड उद्योग आर्थिक रूपमा लाभदायक हुने स्पष्ट हुने देखिएको छ ।
अर्गानिक सर्टिफाइड र अर्गानिक अनसर्टिफाइड अर्थाेडक्स चिया उद्योगको बिक्री आम्दानीमा खुद मुनाफा प्रतिशत दर क्रमशः १८.५० र १५.७० र कुल आम्दानीमा खुद मुनाफा प्रतिशत दर क्रमशः १७.८७ र १५.५३ रहेको देखिन्छ ।
अर्गानिक सर्टिफाइड र अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको प्रति केजी उत्पादन लागत क्रमशः ६९५.६२ र ३३६.७४ रुपैयाँ रहेको छ भने प्रति केजी मुनाफा क्रमशः १५१.८७ र ६४.५५ रुपैयाँ रहेको छ ।
अर्गानिक सर्टिफाइड चियाको उत्पादन लागत अर्गानिक अनसर्टिफाइड चियाको तुलनामा १०० प्रतिशतले बढी भएतापनि मुनाफा १३५ प्रतिशतले बढी रहेको छ ।
अर्गानिक सर्टिफाइड उद्योगमा प्रति उद्योग औसतमा ४४ जना र अर्गानिक अनसर्टिफाइड उद्योगमा प्रति उद्योग औसतमा २४ जनाले रोजगारी प्राप्त गरेका छन् । त्यसैगरी, अर्थोडक्स चिया खेतीतर्फ प्रति रोपनी २ जनाले रोजगारी प्राप्त गरेको देखिन्छ ।
कोशी प्रदेशमा अर्थोडक्स चियाको उत्पादनले (चियापत्ता र प्रशोधित चिया) कुल गार्हस्थ उत्पादनमा ०.०५ प्रतिशत योगदान मात्र पु¥याएको देखिन्छ भनेकोशी प्रदेशको कुल गार्हस्थ उत्पादनमा यसको योगदान ०.३३ प्रतिशत रहेको छ ।
अर्थोडक्स चियाको निर्यातलाई उत्पादन परिमाण र चियाको निर्यात मूल्यले धनात्मक प्रभाव पार्ने च्भनचभककष्यल ब्लबथिकष्क बाट देखिएको छ ।
अर्थोडक्स चियाको उत्पादन परिमाण १०० प्रतिशतले वृद्धि हुदाँ निर्यात परिमाण ९४ प्रतिशतले र यस्तो चियाको निर्यात मूल्य १०० वृद्धि हुदाँ निर्यात परिमाण ६९ प्रतिशतलेबढ्ने पाइएको छ ।
नमुना छनौटमा परेका अर्थोडक्स चिया खेती गर्ने किसानहरूमध्ये ७ प्रतिशतले मात्र सरकारबाट कृषि अनुदान प्राप्त गरेको देखिएको छ भने ८८ प्रतिशत किसानले तालिम प्राप्त गरेका छन ।
स्थलगत सर्वेक्षणका क्रममा नमुना छनौटमा परेका किसानहरूबाट लिइएको आम्दानी र खर्च सम्बन्धी विवरणका आधारमा विश्लेषण गर्दा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड नमुना किसानहरूको प्रति केजी औसत लागत क्ष्ह् क्रमशः रु.४५.१६ र रु.२४.७२, प्रति केजी औसत आम्दानी रु.७५.५२ र रु.४८.४४, प्रति रोपनी औसत आम्दानी रु.१३,९९१ र रु.१०,५७५ र प्रति केजी औसत मुनाफा रु.३० र रु.२४ रहेको देखिन्छ ।
अर्गानिक सर्टिफाइड अर्थाोडक्स चिया र अर्गानिक अनसर्टिफाइड अर्थाेडक्स चिया खेती गर्ने किसानहरूबीचको प्रति केजी हरियोपत्ता चिया बिक्री आयमा भिन्नता रहेको छैन भन्ने ९ल्गिि ज्थउयतजभकष्क० परिकल्पना परीक्षणका क्रममा अस्वीकृत भएको छ ।
अर्गानिक सर्टिफाइड किसानहरूको उत्पादनमा सर्टिफिकेसनले पाएको मान्यता र गुणस्तरका कारणले प्रति केजी हरियोपत्ता चियामा उच्च मूल्य प्राप्त गर्ने भएकाले किसानहरूको बिक्री आय बढाउन सहयोग पुर्याएको छ ।
नेपालको चिया निर्यात अवस्था
चिया निर्यातको करिब ९५ प्रतिशत हाराहारी भारतमा निर्यात गरिन्छ जबकी संसारकै सबै भन्दा बढी चिया आयात गर्ने देश मध्ये अमेरिकामा केवल ०.४ प्रतिशत मात्र चिया निर्यात गर्न सकिएको छ ।
Advertisment