सुन चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ? 

सुन चाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । 

महासंघका छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार