सुनको मूल्यमा लगातार गिरावट, चाँदी स्थिर 

सुनको मूल्यमा लगातार गिरावट, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको हो । 

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७३ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा एक लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।  सोमबार तोलामा एक हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोवार भईरहेको छ । 
 

थप समाचार