सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । 

महासंघका छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार