सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढ्यो, चाँदी कति ? 

सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढ्यो, चाँदी कति ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । 

महासंघका छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार