सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो 

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चैत ६ गते बुधबार प्रतितोला आठ सय रुपैयाँले बढेर एक लाख ७६ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार २‍‍०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार २० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार