काठमाडौं : नेपाली बजारमा आज आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चैत १५ गते शुक्रबार प्रतितोला एक हजार ४०० रुपैयाँले बढेर एक लाख ७६ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।