काठमाडौं : नेपाली बजारमा आज सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चैत १७ गते आइतबार प्रतितोला छ सय रुपैयाँले बढेर एक लाख ७६ हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।