काठमाडौं : नेपाली बजारमा आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चैत १८ गते आइतबार प्रतितोला एक हजार १०० रुपैयाँले बढेर एक लाख ७७ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।