ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।

थप समाचार