सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ८० हजार नाघ्यो 

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ८० हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा आज बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चैत १९ गते आइतबार प्रतितोला एक हजार ८०० रुपैयाँले बढेर एक लाख ७९ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार २०रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार