प्रतितोला चार सय रुपैयाँले घट्यो सुन, चाँदी स्थिर 

प्रतितोला चार सय रुपैयाँले घट्यो सुन, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

थप समाचार