आगामी नयाँ बजेटका लागि अर्थ मन्त्रालयद्वारा सुझाव माग 

आगामी नयाँ बजेटका लागि अर्थ मन्त्रालयद्वारा सुझाव माग 

काठमाडौं : अर्थमन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमका लागि सरोकारवालाहरुसँग सुझाव माग गरेको छ । 

एक सूचना जारी गर्दै मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्र्त हुने विषयहरुका सम्बन्धमा आफ्ना अमुल्य सुझावहरु आगामी बैशाख मसान्तभित्र मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिन विभिन्न संघ, संस्था, बुद्धिजिवी, विज्ञm राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकमा अनुरोध गरेको हो । 

साथै उपरोक्त सुझावहरु मन्त्रालयको वेवसाइटमा रहेको बजेट सुझाव मार्फत तथा इमेलबाट समेत पठाउने सकिने जानकारी गराएको छ । 
 

थप समाचार