काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।