काठमाडौं : नेपाली बजारमा आज बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चैत २१ गते बिहिबार प्रतितोला एक हजार २०० रुपैयाँले बढेर एक लाख ८० हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार ७०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।