काठमाडौं : नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ८६ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा एक लाख ८५ हजार रुपैयाँ कायम थियो ।
त्यस्तै,चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा एक हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ ।