सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ पुग्यो 

सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ पुग्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बैशाख ३ गते बुधबार प्रतितोला दुई हजार ७०० रुपैयाँले बढेर एक लाख ८७ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार