ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, चाँदी स्थिर ? 

ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, चाँदी स्थिर ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

थप समाचार