सुनको मूल्य ऐतिहासिक बिन्दुमा, प्रतितोला एक लाख ९१ हजारमा कारोबार 

सुनको मूल्य ऐतिहासिक बिन्दुमा, प्रतितोला एक लाख ९१ हजारमा कारोबार 

काठमाडौं : नेपाली बजारमा सोमबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बैशाख ४ गते बिहिबार प्रतितोला तीन हजार ६०० रुपैयाँले बढेर एक लाख ९० हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार