सुनको मूल्य प्रतितोला दुई लाख नजिक, एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँले बढ्यो 

सुनको मूल्य प्रतितोला दुई लाख नजिक, एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बैशाख ८ गते सोमबार प्रतितोला एक हजार २०० रुपैयाँले बढेर एक लाख ९१ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार