काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला सात हजार ५०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबारछापावाल सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment