काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।