प्रतितोला पाँच सय रुपैयाँले बढ्यो सुन, चाँदी स्थिर 

प्रतितोला पाँच सय रुपैयाँले बढ्यो सुन, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला एक हजार ९७०रुपैयाँमा कारोबार भएको थियो ।

थप समाचार