काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला ६०० रुपैयाँले बढको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा भने तोलामा २० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।