काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।