Below Menu
Below Menu

सरकारको कुल खर्च ९९८ अर्ब, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

सरकारको कुल खर्च ९९८ अर्ब, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको नौ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।

उक्त तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेकोछ । 

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०.० प्रतिशतलेर अमेरिकी डलरमा ७.३ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेकोछ ।

नेपाल सरकारको खर्च रु.९९८ अर्ब ५२ करोड र राजस्व परिचालन रु.८३१ अर्ब ४० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ६.२ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.६ प्रतिशतले बढेको छ । 

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ ।

Advertisment