काठमाडौं : शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ९६.०८ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको सञ्चालन आम्दानी १०.०१ घटेपनि खर्च नियन्त्रण गर्दा खुद नाफा बढ्न पुगेको हो। कम्पनीको कुल नाफा ३१.४३ प्रतिशत बढेको भने अन्य आम्दानी २७.१० प्रतिशत र अन्य खर्च ७.८० प्रतिशत घटेको छ।
समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ३७ पैसा बढेर ९ रुपैयाँ ७९ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५३.२३ गुणा रहेको छ।
५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ४२ करोड ५६ लाख रुपैयाँ छ।
Advertisment