सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा तीन हजार ५०० रुपैयाँले घट्यो 

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा तीन हजार ५०० रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला तीन हजार ५०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

थप समाचार