पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाउने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले पेट्रोल र डिजेलको मूल्य घटाएसँगै निगमले मूल्य घटाएको हो ।

नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोल १ सय ५७ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ४२/१ सय ४२ रुपैयाँ पर्नेछ ।

थप समाचार