एकैदिन तोलामा तीन हजार रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

एकैदिन तोलामा तीन हजार रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उच्च आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

थप समाचार