गभर्नर सिफारिस समितिको बैठक सम्पन्न 

गभर्नर सिफारिस समितिको बैठक सम्पन्न 

काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक सम्पन्न भएको छ । अर्थ मन्त्रालयमा केही बेरअघि सुरु भएको बैठक सम्पन्न भएको मन्त्रालय स्रोतले जनाएको छ । 

समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको समितिमा अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य छन् ।

अर्थमन्त्री पौडलको सचिवालयले दिएको जानकारीअनुसार गभर्नर सिफारिस समितिको बैठक अहिले अर्थ मन्त्रालयमा जारी छ । राष्ट्र बैंकको गभर्नर पद गत चैत २५ गतेदेखि रिक्त छ ।

थप समाचार