काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य दुई हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । भने चाँदीको मूल्य दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको थियो ।