काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँ घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य दुई हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । भने चाँदीको मूल्य दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको थियो ।