सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

बिहिबार सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मल्य भने चाँदी एक हजार ९९६ रुपैयाँमा कारोबार भएको थियो । 
 

थप समाचार