सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मल्य भने चाँदी एक हजार ९९६ रुपैयाँमा कारोबार भएको थियो । 
 

थप समाचार