प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मल्य भने चाँदी एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो । 
 

थप समाचार