काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मल्य भने चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।