काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मल्य भने चाँदी दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।