सुनको मूल्य घट्यो, चाँदी बढ्यो 

सुनको मूल्य घट्यो, चाँदी बढ्यो 

काठमाडौं : नेपाली बजार सोमबा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार १४५ रुपैयाँमा कारोबार भएको थियो । 


 

थप समाचार